डडेलधुरा अस्पतालमा जन्मियो अनौठो बच्चा, चिकित्सक भन्छन् ‘यो ८० हजारमा एउटा हुन्छ’

डोटी, २१ असार । नेपालमा निकै दुर्लभ अवस्थामा एक महिलाले बच्चालाई जन्म दिएकी छन् । चिकित्सकहरुले यो अवस्था ८० हजारमा एउटा मात्र हुने बताएका छन् । डडेल्धुरा अस्पतालमा शुक्रवार एक महिलाले जुम्ल्याहा बच्चा जन्माउँदा यस्तो देखिएको हो । महिलाले पानीको फोका सहित बच्चा जन्माएकी हुन् ।

यो अवस्था ८० हजार प्रशुतिमा एक मात्र हुने चिकित्सकले बताएका छन् । उनले पहिलो बच्चालाई नर्मल अवस्थामा जन्माएको भएपनि दोस्रो बच्चा पानीको फोका भित्र नै थियो । शल्यकृया मार्फत भएको सुत्केरीमा यस्तो अवस्था देखिएको हो । यस्तो अवस्थालाई चिकित्सकिय भाषामा ‘इन काउल बर्थ’ भनिन्छ । विश्वमै यस्तो दुर्लभ अवस्था हुने र यस्तो अवस्थाको सुत्केरी गराउन पाएकोमा चिकित्सकले आफुलाई भाग्यमानी ठानेका छन् । अहिले सुत्केरी महिला र शिशुको अवस्था सामान्य रहेको चिकित्सकको भनाई छ ।

शनिबार डोटीको दिपायल सिलगढी नगरपालिकाकी २८ वर्षीया माया बोहराले डडेल्धुरा अस्पतालमा यस्तो बच्चालाई जन्म दिएकी हुन् । अस्पतालका चिकित्सक डा राजन शाह शल्यकृयामा सहभागी थिए । उनले यस्तो दुर्लभ अवस्थाको सुत्केरी सफल शल्यकृया गराउन पाएकोमा भाग्यमानी ठानेको बताएका छन् ।
बच्चाको तौल २।६ किलोग्राम रहेको र अवस्था सामान्य रहेको चिकित्सकले बताएका छन् । आमाको पेटभित्र रहँदा शिशु पानीको फोका भित्रै हुने गरेको भएपनि जन्मने बेलामा पानीको फोका आफै फुट्ने गर्छ ।

Loading...
प्रकाशित मिति २३ असार २०७७, मंगलवार ०५:१८