आयो अर्को खुशीको खबर, सुदुरपश्चिमका ९ सय ४ जना कोरोना संक्रमित उपचार पछि निको भएर घर फर्के

कैलाली-सुदुरपश्चिमका ९ सय ४ जना कोरोना संक्रमित निको भएर घर फर्किएका छन् । विभिन्न अस्पताल र क्वारेन्टिनबाट ९ सय ४ जना कोरोना संक्रमित डिस्चार्ज भएको प्रदेशको सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्र कार्कीले जानकारी दिए । बैतडीबाट २ सय १७ जना, अछामबाट १५ र बझाङबाट १० जनालाई डिस्चार्ज गरिएको हो ।

सामाजिक विकास मन्त्रालयका अनुसार अहिलेसम्म सबैभन्दा बढि बैतडीका २ सय ५२, डडेल्धुराका १ सय ८८ ,डोटीका १ सय ५७, कञ्चनपुरका १ सय २ र कैलालीका ९६ जना संक्रमितलाई अस्पताल र क्वारेन्टिनबाट डिस्चार्ज गरिएको छ ।

एक दिन अगाडि मात्र २ सय ४२ जना कोरोना संक्रमित डिस्चार्ज भएका थिए । सुदूरपश्चिमका १ सय एक जना संक्रमितको विभिन्न अस्पतालमा उपचार भईरहेको छ । सुदूरपश्चिममा संक्रमितको सङख्या तीन हजार ६ सय ९१ पुगेको छ। त्यस्तै ८ जना संक्रमितको मृत्यु भईसकेको छ ।

 

Loading...
प्रकाशित मिति २३ असार २०७७, मंगलवार ०७:१४