बझाङमा घाँस काट्ने क्रममा भीरबाट लडेर २८ बर्षिय विष्टको मृत्यु

काठमाडौ, असार २३- बझाङमा भीरबाट लडेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा नरेश विष्ट रहेको छन् । बझाङको केदारस्यूँ गाउँपालिका वडा नम्बर २ का २८ बर्षिय विष्टको घाँस काट्ने क्रममा भीरबाट लडेर मृत्यु भएको बताइएको छ ।

बझाङका प्रहरी निरीक्षक लोकन्द्र सिंहले जानकारी दिए अनुसार उनको गि धनगढी ल्याउँदै गर्दा मृत्यु भएको हो।

Loading...
प्रकाशित मिति २३ असार २०७७, मंगलवार ०७:२८