खुशीको खबर, प्युठानमा एकैपटक ३७ जनाले कोरोना जितेर खुशी हुँदै घर फर्के

प्यूठान । प्युठानमा एकैपटक ३७ जनाले कोरोना जितेर घर फर्केका छन् । । कोरोना जितेर फर्किएका मध्ये प्यूठान नगरपालिकाका २८ जना, माण्डवी गाउँपालिकाका ८ जना र ऐरावती गाउँपालिकाका १ जना रहेको जिल्ला स्वास्थ्य कार्यालय प्यूठानले जनाएको छ । दोस्रो परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आएपछि उनीहरुलाई आज घर पठाइएको हो ।

प्यूठानमा हालसम्म जम्मा ३ सय २७ जना कोरोना संक्रमित मध्ये १ सय २० जना निको भएर घर फर्कीसकेका छन् । जिल्लामा कोरोना भाइरस संक्रमितको संख्या घट्दै गइरहेको र निको हुनेको संख्या बढ्दै गइरहेको छ ।

 

Loading...
प्रकाशित मिति २३ असार २०७७, मंगलवार ०७:३१