सरकारको निर्णयलाई स्वीकार्दै राई दम्पतीद्धारा एक महिनाको घरभाडा छुट

काठमाडौँ । लतिलपुरका नखीपोटका अनन्त राई र अरुणा राईले एक महिनाको घरभाडा छुट दिएका छन् । उनीहरुले कोरोना भाइरस (कोभिड 19) को कारणले चैत महिनाको भाडा रु २० हजार छुट गरेका हुन् ।

शिक्षक पेशामा आवद्ध राईले कोरोना भाइरसले गर्दा समस्यामा परेको भन्दै आफ्नो घरमा बस्नेलाई घर भाडा छुट दिएका हुन् । राई भन्छन्,’कोरोनाको महामारीमा मानवीय क्षति भइरहँदा हामीले मानवता गुमाउनु हुँदैन । १ महिनाको भाडा नलिँदा हामीलाई गरिबीले छुने पनि हैन । हामीले १ महिनाको भाडा नलिँदा भाडामा बस्नेलाई खुशी मिल्छ भने त्यो खुशी दिएर एउटा मानव धर्म किन नगर्ने ?’

सरकारले एक महिनाको घरभाडा छुट दिने निर्णय गरेको हुनाले सोही अनुसार आफूहरुले पनि छुट दिएको उनीहरुले बताएका छन् । यसअघि पनि काठमाडौका केही घरबेटीले कोरोना भाइरसले घरभाडामा बस्ने मानिसको आम्दानी नभएको भन्दै घर भाडा छुट दिँदै आइरहेका छन् । घरबेटीले घरभाडा छुट दिएसंगै भाडामा बस्नेलाई राहत भएको छ ।

लकडाउन लागेसँगै सरकारले काठमाडौंका घरबेटीहरुलाई चैत्र महिनाको घरभाडा नलिन आग्रह गरेको थियो । सरकारले गरेको उक्त आग्रहको पालना कमै घरबेटीहरुले गरेकाछन् । धेरै जसोले बेंकको ऋण र ब्याज भन्दै चैत्र महिनाको भाडा असुल गरेका छन् भने कतिले त भाडा दिन नसकेको भन्दै लकडाउनकै समयमा घरबाट निकाली दिएका पनि छन् ।

 

Loading...
प्रकाशित मिति २३ असार २०७७, मंगलवार ०८:४७