भारतमा झन् डरलाग्दो भयो स्थिति, कोरोनाका कारण मृत्यु हुनेको संख्या २० हजार नाघ्यो

२३ असार, काठमाडौंः भारतमा कोरोना संक्रमण झन झन भयावह बन्दै गएको छ । अहिले भारतमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या २० हजारभन्दा बढि भएको छ ।

भारतको स्वास्थ्य मन्त्रालयका अनुसार भारतमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या २० हजार १ सय ६० पुगेको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कुल ४ सय ६९ जनाको मृत्यु भएको छ ।

अर्कातिर, कोरोना संक्रमितको संख्या पनि भारतमा सात लाख नाघेको छ । पछिल्लो २४ घण्टामा भारतमा कुल २२ हजार २ सय ५२ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । हालसम्म भारतमा कोरोना संक्रमितको संख्या ७ लाख १९ हजार ६ सय ६४ पुगेको छ ।

Loading...
प्रकाशित मिति २३ असार २०७७, मंगलवार ०८:५९