दीपाश्री राजेश प्रकरण : दीपाश्रीले माफी मागे पनि दर्शक रिसाए, आँफुलाई महानायक भनेपछि दीपकले खोले मुख

काठमाडौँ । कलाकार तथा निर्देशक दीपाश्री निरौलाले ‘राजेश हमाल महानायक हो र भन्दै महानायकलाई होच्याएपछि दर्शक रिशाएका छन् । अझ भनौँ राजेशका फ्यानहरु निरशा बनेका छन् । करिब २ दशक लामो समय नेपाली चलचित्र उद्योगमा एकछत्र राज गरेका हमालविरुद्ध दीपाले प्रश्न उठाएपछि उनले आँफु अप्ठ्यारोमा फसको भन्दै माफी त मागीन् तर दर्शकले भने दीपालाई अझै माफ गरेका छैनन् । त्यसैले अहिले पनि दीपाको आलोचना सामाजिक संजालमा तिब्र गतिमा भइ नै रहेको देख्न सकिन्छ ।

यसैबिच सामाजिक संजालमा दीपको आलोचना गर्नेहरुले राजेश महानायक नभनेर ‘दीपकराज गिरीलाई महानायक भन्नुपर्ने’ भन्दै दीपामाथि ब्यङ्ग्य कसेसँगै अहिले दीपकले पनि मुख फोरेका छन् ।

सामाजिक संजालकै माध्यमबाट दीपकले भने छन् मलाई महानायक बन्ने मोह कहिल्यै पनि आएन । उनले अगाडी थप्छन् म हरिवंश आचार्य, मदनकृष्ण श्रेष्ठ, सन्तोष पन्त जस्तो बन्न चाहना राखेको हिँडेको मान्छे । उनी थप्छन् ‘जब असत्य चिच्याई चिच्याई बोलेर भीड जम्मा गरिरहेको हुन्छ, सत्यले चुपचाप आफ्नो बाटो हिड्नु राम्रो ।’

 

Loading...
प्रकाशित मिति २३ असार २०७७, मंगलवार ०९:०१