अमेरिकामा कोरोना कहरः संक्रमित संख्या ३० लाख नजिक, मृत्यु हुनेको संख्या १ लाख ३० हजारभन्दा बढि

२३ असार, काठमाडौंः विश्वभर फैलिएको कोरोना महामारीका कारण अमेरिकामा मृत्यु हुनेको संख्या १ लाख ३० हजारभन्दा बढि भएको छ ।

अमेरिकामा हालसम्म कुल १ लाख ३० हजार ३ सय ६ जनाको मृत्यु भएको जोन हप्किन्स विश्वविद्यालयको तथ्यांकले देखाएको छ । पछिल्लो २४ घण्टामा मात्रै अमेरिकामा कुल ३ सय ३५ जनाको मृत्यु भएको छ ।

त्यस्तै, विश्वभरका देशहरुमा सबैभन्दा धेरै प्रभावित रहेको अमेरिकामा हालसम्म २९ लाख ३८ हजार ६ सय २५ जनामा कोरोना भाइरसको संक्रमण भएको पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा मात्रै अमेरिकामा कुल ४४ हजार ९ सय ५३ जना नयाँ कोरोना संक्रमण पुष्टि भएका छन् ।

Loading...
प्रकाशित मिति २३ असार २०७७, मंगलवार ०९:०७