आफैँले चलाएको ट्र्याक्टर पल्टिँदा घाइते भएका नेकपा जिल्ला सदस्य अधिकारीको मृत्यु

कास्की, २३ असार- कास्कीको माछापुच्छ«े गाउँपालिका–४ लाहाचोकमा ट्र्याक्टर दुर्घटनामा परी नेपाल कम्युनिष्ट पार्टी(नेकपा) जिल्ला सदस्य रामचन्द्र अधिकारीको निधन भएको छ ।खेत जोतेर फर्किदै गर्दा आफैँले चलाएको ट्र्याक्टर लाहाचोकस्थित बाटुलेथरमा आज बिहान पल्टिँदा उहाँ गम्भीर घाइते हुनुभएको थियो । उहाँको उपचारका क्रममा पोखरास्थित मणिपाल शिक्षण अस्पतालमा निधन भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक सुवास हमालले जानकारी दिनुभयो ।

अधिकारीको शव परीक्षणका लागि अहिले पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा राखिएको छ । अस्पताल पसिरमा अहिले नेकपामा जिल्लास्थित नेता कार्यकर्ता, परिवारजन तथा शुभचिन्तकको उपस्थिति रहेको छ । (रासस)

Loading...
प्रकाशित मिति २३ असार २०७७, मंगलवार १०:४४