गुल्मीमा पहिरोमा फसेकी महिलाको १८ घण्टापछि जीवितै उद्धार

तम्घास, २३ असार – गुल्मीको इस्मा गाउँपालिका वडा नम्बर १ हस्तिचौरमा पहिरामा फसेकी महिलाको १८ घण्टापछि आज जीवितै उद्धार गरिएको छ । मुसिकोट नगरपालिका २ की तारा कुमालको पहिराबाट उद्धार गरिएको हो । उहाँलाई आज हस्तिचौरको मल्दी च्युटारीबाट उद्धार गरिएको स्थानीयवासी श्रीराम महतले बताउनुभयो । खेतबारीको मकै लिन जानुभएका उहाँ फर्कने बेला रातिदेखि ठूलो पानी परी बगेको लेदोले च्यापेको थियो ।

दर्लामचौरबाट पहिरो हेर्न आएका व्यक्तिले फसेको देखेपछि मिलेर कुमालको उद्धार गरेका हुन् । अहिले हस्तिचौर र मुसिकोटका अधिकांश सडक अवरुद्ध छन् । एम्बुलेन्सको व्यवस्था गरेर जान सक्ने स्थानसम्म गएर बिरामी ल्याउन प्रहरीलाई निर्देशन दिइएको प्रमुख जिल्ला अधिकारी भरतकुमार शर्माले बताउनुभयो ।(रासस) ः

Loading...
प्रकाशित मिति २३ असार २०७७, मंगलवार १०:४८