खुशीको खबर, नेपालमा एकै दिन आज ६ सय ८८ जनाले कोरोनालाई जितेर घर फर्किए

काठमाडौँ । नेपालमा आज ६ सय ६८ जना कोरोनाका बिरामी निको भएर घर फर्किएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा थप ६ सय ८८ जना कोरोनाका बिरामी निको भएर घर फर्किएको जानकारी दिए । त्यस्तै आज २ सय ४ जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा थप २ सय ४ जनामा कोरोना भाइरसको संक्रमणको पुष्टि भएको बताएका हुन ।

उनका अनुसार देशभरका विभिन्न स्थानमा गरिएको परिक्षणका आधारमा थप २ सय ४ जनामा संक्रमण भएको पुष्टि भएको हो । हालसम्म नेपालमा कुल १६ हजार १ सय ६८ कोरोना संक्रमित फेला परेका छन् । हालसम्म मृत्यु हुनेको संख्या ३६ पुगेको छ ।

Loading...
प्रकाशित मिति २३ असार २०७७, मंगलवार १२:२२