काठमाडौँमा ह्वात्तै बढ्यो कोरोना संक्रमितको संख्या, आज मात्रै २८ जनामा कोरोना संक्रमणको पुष्टी

काठमाडौँ । काठमाडौँ उपत्यकामा आज मात्रै २८ जनामा कोरोना संक्रमणको पुष्टी भएको छ । जसअन्र्तगत काठमाडौँ जिल्लामा १४, ललितपुरमा १० र भक्तपुरमा ४ जनामा स.क्रमण पुष्टी भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार नेपालमा आज ६ सय ६८ जना कोरोनाका बिरामी निको भएर घर फर्किएका छन् । पछिल्लो २४ घण्टामा थप ६ सय ६८ जना कोरोनाका बिरामी निको भएर घर फर्किएको जानकारी दिए । त्यस्तै आज २ सय ४ जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा थप २ सय ४ जनामा कोरोना भाइरसको संक्रमणको पुष्टि भएको बताएका हुन । उनका अनुसार देशभरका विभिन्न स्थानमा गरिएको परिक्षणका आधारमा थप २ सय ४ जनामा संक्रमण भएको पुष्टि भएको हो । हालसम्म नेपालमा कुल १६ हजार १ सय ६८ कोरोना संक्रमित फेला परेका छन् । हालसम्म मृत्यु हुनेको संख्या ३६ पुगेको छ

Loading...
प्रकाशित मिति २३ असार २०७७, मंगलवार १२:२४