चालकबाहेक दुईजना राख्ने गरी ट्याक्सी चलाउन दिने तयारी,सार्वजनिक यातायातका साधन सञ्चालन गर्न दिनबारेपनि छलफल हुँदै

काठमाडौं-दुई यात्रु राख्न पाउने गरी सरकारले ट्याक्सी चलाउन दिने तयारी गरेको छ । मन्त्रिपरिषदको मंगलबार बसेको बैठकमा ट्याक्सीमा दुई यात्रु राख्न पाउने गरी चलाउन दिने तयारी बारे छलफल भएको हो ।

त्यस्तै सार्वजनिक यातायातका साधन सञ्चालन गर्न दिनेबारे पनि छलफल भएको बताइएको छ । ट्याक्सीसहित सार्वजनिक यातायातका साधन सञ्चालन गर्न दिनेबारे सीसीएमसीमा छलफल गरेर निर्णय हुने दिने बताइएको छ । यातायात व्यवसायी लगायत सरोकारबाला पक्षसँग यातायात व्यवस्था मन्त्रालयले छलफल गरेर सीसीएमसीमा मोडालिटी पेश गर्ने बताइएको छ ।

 

Loading...
प्रकाशित मिति २४ असार २०७७, बुधबार ०३:१२