मुटु अलग अलग तर मलद्वार एउटै भएर पेटबाट जोडिएका रोनी र डोनीको मृत्यु

काठमाडौं – शरीर पेटबाट जोडिए दुई भाईको मृत्यु भएको छ। सन १९५१ अक्टोबर २८मा जन्मिएका रोनी र डोनी विश्वमै लामो समय एकापसमा जोडिएर जिवित रहनेको रेकर्ड आफ्नो नाममा लेख्न सफल रोनी र डोनीको मंगलबार निधन भएको हो ।

उनीहरु अमेरिकाका हुन् । सन् २०१४मा उक्त रेकर्ड बनाएका रोनी र डोनीको मृत्यु प्राकृतिक नै भएको चिकित्सकले जनाएका छन् ।

उनीहरुको मुटु अलग अलग भएता पनि मलद्वार एउटै थियो। उनीहरुको हातखुट्टा सामान्य मानिसको जस्तै भएता पनि हिँडडुल गर्न नसक्ने हुँदा उनीहरु ठूलो समस्यामा थिए ।

Loading...
प्रकाशित मिति २४ असार २०७७, बुधबार ०३:१६