२३९ वैज्ञानिकहरूले हावाबाट कोरोना सर्छ भन्दै गरेको दाबी सत्य, डब्ल्यूएचओले स्वीकार्‍यो

एजेन्सी । अन्तत: कोरोना भाइरस हावाबाट सर्ने वैज्ञानिकहरूको दाबीलाई विश्व स्वास्थ्य संगठनले स्वीकार गरेको छ । सार्वजनिक स्थानमा, विशेषगरी भीडभाडयुक्त, कम हावा भएको र बन्द कोठामा हावामार्फत् भाइरस फैलने आशंकालाई स्वीकार गर्न सकिएको भएता पनि यस विषयमा थप अध्ययन अनुसन्धान भइरहेको विश्व स्वास्थ्य संगठनले जनाएको छ ।

विश्व स्वास्थ्य संगठनका एक अधिकारीले भने प्रमाण संकलन र संकलित प्रमाणमाथि अझै अनुसन्धान गरिरहेका कारण यो कुरा प्रमाणित भए हालको मापदण्ड परिवर्तन गर्नुपरर्छ ।

यसअघि विश्व स्वास्थ्य संगठनले कोरोना भाइरस मुख्य रुपमा संक्रमित व्यक्तिको नाक र मुखबाट निस्कने सुक्ष्म छिटाको माध्यमले फैलने बताउँदै आएको भएता पनि केही दिनअघि मात्रै ३२ देशका २३९ वैज्ञानिकहरूले हावाबाट कोरोना भाइरस सर्ने दाबी गरेपछि डब्ल्यूएचओले यस विषयमा गम्भिर भएर अध्ययन र छलफल सुरु गरेको जनाएको छ ।

ail.com

Loading...
प्रकाशित मिति २४ असार २०७७, बुधबार ०६:१४