चर्चित टिभी अभिनेता मनीषले गरे कलाकार संगितासँग बिहे, बिहेमा मुखमा माक्स लगाएका तस्विर सामाजिक संजालमा भाइरल

एजेन्सी-चर्चित टिभी अभिनेता मनीष रायशिंघन बिबाह बनधनमा बाधिएका छन् । उनी कलाकार संगीता चौहानसँग यहि ३० मा बिबाह बन्धनमा बाधिएका हुन् । बिबाहमा संगिता र मनिषको जोडीले मुखमा माक्स हातमा सेनिटाइजर र तलबार लिएको देखिएका छन् कोरोनाको समयमा बिहे गरेको हुनाले यो जोडीले यस्तो गर्नु परेको हो ।

कोरोनाको समयमा यसरी मुखमा माक्स र हातमा सेनिटाइर समातेर बिहे गरेको तस्विर बाहिर आएपछि यो जोडी झनै चर्चामा आएको छ । कोरोनाका कारण थोरैै मानिस जम्मा भएर गुरुद्वारमा यो जोडीले बिहे गरेका हुन् । बिहेको दिन मनीष धेरै उत्साहित भएका थिए । मनिषले पछिल्लो पटक अभिनीत टेलिसिरयल यस्क मे मरजावंगामा अभिनय गरेका थिए । जुन अत्यन्तै चर्चित टिभी सिरियल रहेको थियो ।

Loading...
प्रकाशित मिति २४ असार २०७७, बुधबार ०६:१८