बिवादपछि बिन्दास साम्राज्ञी [फोटो फिचर]

पछिल्लो पुस्ताकी निकै आशा लाग्दो नायिका हुन साम्राज्ञी राज्यलक्ष्मी शाह । उनको केही हप्ता अगाडिसम्म नायक भूवन केसीसँग विवाद चलिरहेको थियो ।


भूवनले अदालतमा मु-द्दा दायर गरेपछि साम्राज्ञीले विभिन्न संचारमाध्यममा पुगेरै आफ्नो भनाई राखिन् । उनको मुद्दाबाट आफु नडराएको उनको दाबि थियो ।

भूवन र साम्राज्ञीको विवाद अदालती प्रक्रियामा गएपछि अहिले दुबै चुप छन् । नायक केसी नयाँ चलचित्र ‘पारस’को तयारीमा लागेका छन् भने नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह पनि नयाँ चलचित्रमा अनुवन्ध भएकी छन् ।

उनै, साम्राज्ञीले हालै सामाजिक संजालमा कालो पहिरनमा सजिएर केही तस्वीहरु पोष्ट गरेकी छन् । जसमा उनी निकै विन्दास देखिएकी छिन् ।

केही दिन अघि आफ्नी आमाको जन्मदिनमा समेत उनले सुन्दर तस्बिर शेयर गरेकी थिइन् । छोरी जस्तै सुन्दर भन्दै उनको आमाको सुन्दरताको पनि सामाजिक संजालमा निकै प्रशंसा भएको थियो ।

प्रकाशित मिति : September 3, 2020

Loading...
प्रकाशित मिति १८ भाद्र २०७७, बिहीबार २१:०९