सल्यान- घरमा दुईवटी श्रीमती हुँदाहुँदै अर्काकी श्रीमती भगाउने वडाध्यक्ष पक्राउ परेका छन् । पक्राउ पर्नेमा वनगाड कुपिण्डे नगरपालिका-९ का वडाध्यक्ष इन्द्रबहादुर कुमाई रहेका छन् ।
प्रहरीले कुमाईलाई बहुविवाहको आरोपमा पक्राउ गरेको हो । उनलाई प्रहरीले शुक्रबार बेलुका जयतपानी बजारबाट पक्राउ गरेको हो । उनले मंसिर १ गते गाउँकै नोखिराम बोहराकी श्रीमती ग्वामी विष्ट (गौरी बोहोरा)लाई तेस्रो श्रीमतीका रुपमा भित्र्याएका थिए।
Mgid
GOODMENONTHEGO
No need for Viagra, use this
Israel #1 sexual health remedy 2019
LEARN MORE→
दुई जना श्रीमती हुँदाहुँदै तेस्रो विवाह गरेको भन्दै पाँच जना स्थानीयले जिल्ला प्रहरी कार्यालय सल्यानमा जाहेरी दिएका थिए ।
वडाध्यक्षसँगै उनकी कान्छी श्रीमती भनिएकी ग्वाँमी विष्ट कुमाईलाई पनि पक्राउ गरिएको प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक लक्ष्मण ओलीले जानकारी दिए ।
वडाध्यक्ष कुमाइले तेस्रो श्रीमतिका पूर्व पति नोखिरामलाई जारीसमेत तिरिसकेका छन्। गाउँमा अहिले पनि अर्काकी श्रीमतीलाई विवाह गरेको खण्डमा जारी तिर्ने प्रचलन छ। कुमाइले घटनालाई लुकाउन पूर्वपतिलाई जारी स्वरुप तीन लाख ८० हजार र ऋण तिर्नको लागि तीन लाख ९५ हजार गरी कुल सात लाख ७६ हजार तिरिसकेका छन्।
तर वडाध्यक्षले घरमा दुई वटी श्रीमती हुँदाहुँदै तेस्रो बिहे गरेको भन्दै केही स्थानीयले प्रहरी कार्यालयमा बहुविवाह गरेको कसुरमा उजुरी दिएका थिए। सोही उजुरीका आधारमा प्रहरीले जिल्ला अदालत सल्यानबाट पक्राउ अनुमति लिई शुक्रबार साँझ पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ।
बहुविवाह गर्ने दुबै जना ४५ वर्ष काटिसकेका छन्।
तस्बिर स्रोत- ताजा खबर