यसरी धुमधामले सम्पन्न भयो रमेश प्रसाईका साथी जीवनको बिबाह, रमेशले नन्दासँग भोली बिहे गर्दै हेर्नुहोस् भिडियो

काठमाडौ । आफ्नै विवाहको तयारी गरेका रमेश प्रसाई एक जना साथीको विवाहमा गएर रमाइलो गरेका छन् । उनी मंसिर २२ गते विवाह गर्दैछन् । त्यसका लागि उनी अहिले गृहजिल्लामा छन् ।

गृहजिल्लामा गएको बेलामा उनी आफ्नो साथी जिवनको विवाहमा सहभागी भएका छन् । साथीको विवाहमा सहभागी भएका रामेश निकै खुसी देखिएका छन् ।

अन्तरजातिय विवाह गरेका जिवनको परिवारले वुहारी स्वीकार गरेका छैनन् । उनले भने मेरै अभिभावक भएपनि जसले मान्छेलाई मानिस नमान्नेलाई म मानिस नै मान्दिन । मैले जे गरेँ त्यसमा म खुसी छु । जिवनको परिवारले स्वीकार नगरेका कारण उनको अभिभावक भएर रमेश प्रसाई नै गएका छन् ।

उनले विवाहमा निकै रमाइलो गरे । जिवनको विवाह भएपनि सबैको केन्द्रविन्दु रमेश भएका थिए । उनले नै साथी जिवनको विवाहमा पण्डितको भुमिका निभाएका थिए ।

तामागंको छोरीसंग विवाह गर्न गएका बुद्ध धर्म अंगालेका जिवनले फरक संस्कृतिमा विवाह गर्दा निकै रमाइलो अनुभव गरेको बताए । अन्तर जातिय र अन्तरधार्मीक संयोजन निकै राम्रो भएको रमेशले बताए ।

हरेक कुरा नयाँ छ हामी नयाँ कुरा सिक्दै छौं रमेशले भने । तामागंको पोशाक लगाएका रमेश पनि वेहुला जस्तै देखिएका छन् । त्यसो भन्दा उनी पनि निकै खुसी भएर हाँसेका थिए ।

Loading...
प्रकाशित मिति २१ मंसिर २०७७, आईतवार २३:५०