१३ तस्विरमा हेर्नुहोस् श्वेता खड्काको विहे समारोह

अभिनेत्री श्वेता खड्का विवाह बन्धनमा बाँधिएकी छन्। राजधानीको गोकर्ण रिसोर्टमा श्वेता र विजयन्द्र सिंह रावतको सोमबार विवाह सम्पन्न भएको छ।

सिमित साथीभाई र आफन्तमाझ श्वेता र विजयन्द्रले हिन्दू परम्परा अनुसार विवाह गरेका हुन। श्वेताका दुलाहा विजयन्द्र सिंह रावत धनगढीबासी हुन्। उनी घरका कान्छा छोरा हुन्। उनको घरमा आमा बुवा सहित एक दाजु छन्।

 

व्यापारिक घरनाका विजयन्द्र र नायिका श्वेता गत एक वर्षदेखि प्रेम सम्बन्ध थिए। दुई परिवारको सहमतिमा उनीहरुले विवाह गरेका हुन्। विजयन्द्र पढाई सकेर व्यवसाय सुरु गर्ने योजनामा छन्।

 

नायिका खडकाले श्रीले छाडेको ६ वर्षपछि दोश्रो बिहेको निर्णय लिएकी हुन् । उनको यो निर्णयलाई धेरैले स्वागत योग्य भएको प्रतिकृया दिनुकासाथै नयाँ बैबाहीक जीवनकोलागी अग्रीम बधाई पनि दिएका छन् ।

 

यसअघि उनले २०७१ साल असार २३ गते अभिनेता श्रीकृष्ण श्रेष्ठसँग विवाह गरेकी थिइन्। विवाह भएको एक महिनापछि श्रीकृष्णको साउन २५ गते उपचारका क्रममा नयाँ दिल्लीमा मृत्यु भएको थियो

 

हेर्नुहोस् अभिनेत्री खड्काका मेहिन्दी समारोहका तस्बिर

 

 

 

 

 

 

 

 

 

Loading...
प्रकाशित मिति २२ मंसिर २०७७, सोमबार २३:५१