गणेश जस्ले आफ्नी श्रीमतीलाई पढाउन आफुले घर धाने र प्लस टू देखि ब्याचलर सम्म पढाए, माथिल्लो स्तरमा पुगेपछि अहिले श्रीमतीले छोडेपछि धरधरी रुँदै आए मिडियामा

रुपन्देही । छोरी चेली पढाउ, बुहारी पढाउ, श्रीमती पढाउ । तर पढाउ किनभने पढेलेखेको महिला भएको घर कहिल्यै पनि अध्याँरो हुँदैन भन्ने भनाई छ । त्यही भनाईलाई आत्मसाथ गर्दै गणेशले पनि आफ्नी श्रीमतीलाई दिलोज्यानले पढाए । आफुले घरधन्दा सम्हालेर भएपनि उनले श्रीमतीलाई पढनकोलागी स्कूला क्याम्पस पठाए । श्रीमतीले पढे घर उज्यालो समाजमा मान सम्मान आदि इत्यादि सबै पाईन्छ भन्ने एउटा सुन्दर र सकारात्मक सोंचले गणेशले समानताको उदाहरण जोडी बन्ने कोशिश गरे ।

तर उनको कोशिशलाई उनकै श्रीमतीले नामाकाम बनाईदिईन् । रुपन्देहीमा गणेशलाई संविधान गणेश भनेर चिनिदो रहेछ । उनको पुरा नाम हो गणेश प्रसाद बस्याल । जस्ले सानोतिनो व्यावसाय पनि गरेका छन् । र त्यही व्यावसायकोलागी भाडामा फर्म सञ्चालन गर्दै आएका छन् । उनै गणेशकी श्रीमतीले गणेश घरमा नभएर फर्ममा भएको मौका छोपी घरबाट भागेकी रहिछन् । गणेशकी श्रीमतीका नाम सुबिस्ता बस्याल हो । उनलाई गाउँघरमा बोलाउने नाम शान्ति हो भन्छन् गणेश ।

दुई सन्तानकी आमा शान्तिलाई श्रीमान गणेशले प्लस टू देखि ब्याचलर सम्म पढाएर एक वर्षे कम्प्युटरमा डिप्लोमा कोर्ष पनि गराएका रहेछन् । त्यति मात्र नभएर गणेशले श्रीमती शान्तिलाई गएको स्थानिय चुनावमा वडा सदस्यमा पनि उठाएका रहेछन् । हरेक क्षेत्रमा गणेशले श्रीमतीलाई सक्षम नारीको रुपमा स्थापित गराउने कोशिश गरेका रहेछन् । र शान्ति पनि श्रीमानले देखाएको बाटोमा लाग्दै अघि बढेकी पनि रहिछन् । तर जब उनले आफ्नो स्थान बनाउन सफल भईन् तब श्रीमन गणेश र दुई छोराहरुलाई छाडेर गईन्

Loading...
प्रकाशित मिति १७ पुष २०७७, शुक्रबार २२:११