बुवाको मृ’त्यु, आमा बे’पत्ता भएपछि तीन बालकको बि’चल्ली

डोटी, लामो समयसम्म बि’रामी रहेका बुवाको मृ’त्यु भएसँगै आमाले पनि छोडेर सम्पर्कविहीन भएपछि डोटीको सायल गाउँ पालिका–६ नारा गाउँका तीनजना बालकको बि’चल्ली भएको छ । ५५ वर्षीय बुवा बाजी खातीको करिब १५ महिनाअघि रोगका कारण मु’त्यु भएको हो । बुवाको मृ’त्यु भएको छ महिनापछि नै आमासमेत सम्पर्कविहीन हुनुभएको हो ।

स्थानीय विद्यालयमा शिक्षकसमेत रहनुभएका दीपकबहादुर खातीका अनुसार दम र क्षयरो’गले पी’डित बाजी खातीको मृ’त्यु भएसँगै सात महिनादेखि आमाले समेत छोडेका कारण छोराहरू अ’लपत्र भएका छन् । उहाँले भन्नुभयो स्थानीयस्तरमा हामीले सकेजति गर्दैछौँ तर अभिभावक नै सम्पर्कविहीन भएपछि बालबालिकाको वि’चल्ली भएको छ ।

श्रीमानकाे मृ’त्यु भएको केही महिनामा नै भारत को उडिसा माइती भएकी गोमा खातीसमेत नाबालक छोराहरु छोडेर सम्पर्क विहीन हुनुभयो । नौ वर्षका लक्ष्मणले आफ्ना दुईजना भाइहरू दुई वर्षका कृष्ण र चार वर्षका गणेशको रेखदेखको गरिरहेका छन् । घरमा खाना पकाएर दिने अभिभावकसमेत नहुदाँ बालबालिकाहरूलाई दैनिक छाक टार्नसमेत स’मस्या हुने गरेको छ ।

आफ्नो साथै भा’इहरूको सरसफाइ गर्नेदेखि छाक टार्ने व्यवस्था गर्न लक्ष्मणलाई स’मस्या परेको छ । नयाँ मान्छे देखे राम्रोसँग कुरासमेत गर्न नसक्ने अवस्थाका लक्ष्मणले छिमेकीसँगै मागेर भए पनि छाक टार्नु परेको छ । छिमेकीले दिएको खानेकुरा खाएर पेट पालि रहेका बालबालिकाहरूलाई छिमेकीले पनि सधैँभरि खाना दिएर पाल्नसक्ने अवस्था छैन ।

स्थानीय डबल साउदले भन्नुभयो, ‘स्थानीय बासिन्दाहरूले पनि आफ्नै छोरा छोरीका लागि पनि सबैले पर्याप्त लालनपालन गर्ने अवस्था छैन, त्यसैमा पनि अलपत्र परेका तीन बालकलाई हेर्न धेरै गा’ह्राे भएको छ ।’ स्थानीय युवाहरूले बालकहरूको अवस्थाको बारेमा स्थानीय तहमा जानकारी गराइएको बताएका छन् । गोरखापत्र दैनिकमा डिलबहादुर सिंहले लेख्नु भएको छ ।

Loading...
प्रकाशित मिति १७ पुष २०७७, शुक्रबार २२:१८