भा’रततिर लै’जा’दै ग’रेकी १७ ब’र्षि’या यु’व’तीको उ’द्धा’र !

सशस्त्र प्रहरी बल महोत्तरी ले भारतीय नाकाबाट एक युवतीको उद्धार गरेको छ।मिति २०७७/९/२३गतेको दिन अपराह्न २वजेको समयमा जिल्ला महोत्तरी वलवा नगरपालिका ३वस्ने गणेश मण्डलकि १७ बर्षिया छोरी निसु मण्डललाई भारत तर्फ जाँदै गर्दा सोधपुछ को क्रममा नियन्त्रणमा लिएको नेपाल वर्डर आउट पोस्ट जलेश्वर वाट खटिएको टोलीले जानकारी दिनुभएको छ। उक्त युवति घराँयसी हिंसा बाट ग्रसित भएकै कारण घर छोडेर छिमेकी मुलुक भारत जाने निर्णय गरेको उनले बताए, निज युवतिलाई नियन्त्रण लिई उनको सुरक्षा, शिक्षा र अन्य सुबिधाको लागि जलेश्वरमा महिला पुनः स्थापना केन्द्र वर्स नेपालको जिम्मा लगाएको छ।

यो पनि : भारतबाट आउने नेपाली स्वदेशी भूमिमै ठ’गिन्छन्’
भारतमा रोजगारीमा रहेका नेपाली घर फर्किने क्रममा स्वदेशी भूमिमा ठगिने गरेका छन् । भारतबाट फ र्किएका सुदूरपश्चिमका नागरिकहरु वर्षेनी यहाँ आइसकेपछि सवारी साधन सञ्चालन गर्ने व्यवसायीबाटै ठगिने गरेका छन् । यात्रुलाई गाडीको व्यवस्था गर्ने नाममा यहाँका सीमा नाकामा खटिने गरेका दलालहरुले आफूखुशी पैसा लिने गरेका कारण यात्रुलाई निकै पीडा तथा सास्ती हुँदै आएको छ ।

दलालहरुले आफूखुशी यात्रुबाट चर्को भाडा लिइरहेको जानकारी पाउँदासमेत यहाँको प्रहरी प्रशासन मौन बसेको स्थानीयवासीको गुनासो छ । सुदूरपश्चिम प्रदेशको राजधानीसमेत रहेको कैलालीमा विगत लामो समयदेखि यात्रुहरु गाडी व्यवसायीबाट ठगिँदै आएका छन् । सुदूरपश्चिम प्रदेशका दुई ठूला सीमा नाका कञ्चनपुरको गड्डा चौकी र कैलालीको त्रिनगरमा खुलेआमरुपमा दलालहरुले यात्रुबाट चर्को भाडा लिने गरेको देख्न सकिन्छ ।

दलालले यात्रुबाट चर्को भाडा असुले पनि त्यहाँ सुरक्षाका लागि खटिएका सुरक्षाकर्मी भने मुकदर्शक बनेका हुन्छन् । कहिले गाडी नपाउँदा तथा कुनै समय प्रचलित दररेटभन्दा चर्को भाडा लिँदा उनीहरु वर्षेनी ठगिँदै आएको गुनासो सुनाउने गरेका स्थानीय नागरिकको भनाइ छ । आफूहरु पटकपटक गाडी व्यवसायीबाट ठगिएको गुनासो गर्दै आए पनि कसैले पनि त्यसको सुनुवाइ नगरेको भारतबाट रोजगारी गरी आएका यात्रुहरुको गुनासो छ ।

Loading...
प्रकाशित मिति २८ पुष २०७७, मंगलवार १९:३५