गाउँपालिका अध्यक्ष र उपाध्यक्षले यसरि गरे विवाह (भिडियो हेर्नुस्)

पोखरा। कास्कीको माछापुछ्रे गाउँपालिकाका अध्यक्ष कर्णबहादुर गुरुङ र मुस्ताङको घरपझोङ गाउँपालिकाका उपाध्यक्ष शर्मिला गुरुङबीच शुक्रबार विवाह भएको छ। सम्भवतः नेपालमा पहिलोपटक बहालवाला गाउँपालिका अध्यक्ष र उपाध्यक्ष बीच विवाह भएको हो । शुक्रबार हेम्जास्थित गुम्बामा विवाह भएको छ ।

सो गुम्बामा भएको विवाह समारोहमा प्रमुख अतिथिका रुपमा गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङ थिए । मुख्यमन्त्री गुरुङले विवाहित अध्यक्ष र उपाध्यक्षलाई टीका लगाइ दिँदै बधाई र शुभकामना दिए । मुख्यमन्त्री र गाउँपालिका अध्यक्ष नाताले सोल्टी–सोल्टी हुन् । विवाहमा सं’घीय सरकारका युवा तथा खेलकुदमन्त्री जगत

विश्वकर्मा, गण्डकी प्रदेशका अर्थमन्त्री किरण गुरुङ लगायतका मन्त्री, नेताहरु उपस्थित छन् ।
विवाह कार्यक्रममा आफ्नो विवाहबारे अध्यक्ष कर्णबहादुरले भने, ‘शर्मिलाजी र म बीच विवाह गर्ने विषयमा सह’मति भयो । परिवारको पनि स्वी’कृतिमा मागी विवाह गरेका हौं । कर्ण र शर्मिलामा दुवै जना पूर्वएमालेबाट निर्वाचित अध्यक्ष र उपाध्यक्ष हुन। भिडीयो यहाँ लिंकमा छ ।

Loading...
प्रकाशित मिति २८ पुष २०७७, मंगलवार १९:५१