मुख्यमन्त्री र प्रदेश प्रमुखलाई काठमाडौंमा छुट्टै घर बनाईने

सरकारले प्रदेश प्रमुख र मुख्यमन्त्रीलाई राजधानीमा आवास निर्माण गरिदिने भएको छ। सरकारले प्रत्येक प्रदेशको नाममा राजधानीको भैंसेपाटीमा २ रोपनी जग्गा दिएर आवास बनाइदिने तयारी गरेको हो।

भैंसेपाटीमा सांसद आवास निर्माणका लागि छुट्टाइएको १ सय २३ रोपनी जग्गाबाट सात वटै प्रदेशका लागि जग्गा दिने तयारी भएको सहरी विकास मन्त्री मोहम्मद इश्तियाक राईले जानकारी दिए।

संघीयता भएका मुलुकहरूमा प्रदेशका मुख्यमन्त्री र प्रमुखलाई केन्द्र सरकारले आवास उपलब्ध गराउने गरेका कारण आवास निर्माणको तयारी भएको उनले बताए।

२४ मन्त्रीका लागि अहिले नै मन्त्री क्वाटर अभाव छ’ राईले भने, पुल्चोकमा रहेको मन्त्री क्वाटर पुरानो भैसकेको छ।’

उनले सात वटासम्म विदेशी राष्ट्रप्रमुख र सरकार प्रमुख आएका बेला बस्न मिल्ने भवन बनाउन तयारीमा मन्त्रालय रहेको बताए।

Loading...
प्रकाशित मिति ७ कार्तिक २०७५, बुधबार १३:४७