तिलिचो ताल हिडेका काङ्ग्रेस नेता अधिकारीको लेक लागेर निधन

युवा व्यवसायी तथा काङ्ग्रेस नेता सरोज अधिकारीको निधन भएको छ ।

लेखनाथ उद्योग संघका सदस्य तथा सेती रिभर साइड रिसोर्टका सञ्चालक अधिकारीको मनाङमा लेक लागेर मृत्यु भएको पारिवारिक स्रोतले जनाएको छ ।

मनाङको तिलिचो तालसम्म पुग्ने गरी अधिकारी साथीहरुको साथमा त्यसतर्फ गएका थिए । लेकलागेर अप्ठ्यारो भएपछि बुधबार बिहान हेलिकोप्टरबाट मनिपाल अस्पताल ल्याइएको थियो तर अस्पताल आउनु अगाडि नै उनको निधन भइसकेको बताइएको छ ।

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा शवको पोस्टमार्टम गरिएको छ । अधिकारी नेपाली काँग्रेसमा रहेर राजनित समेत गर्थे ।

Loading...
प्रकाशित मिति ७ कार्तिक २०७५, बुधबार १४:१९