नेकपाको चियापान : ‘बिप्लव देखि सिके राउत’सम्मलाई निम्ता, पुर्वराजा ज्ञानेन्द्रलाई छैन

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले शनिबार आयोजना गर्न लागेको चियापान कार्यक्रममा बिप्फव देखि सीके राउतसम्मलाई निम्तो दिईएको छ तर पुर्वराजा ज्ञानेन्द्र शाहलाई भने निम्ता दिईएको छैन् ।

पार्टी एकतापछि पहिलोपटक दशैं, दीपावली, नेपाल संवत् र छठ पर्वलगायतका अवसरमा आयोजना गर्न लागेको शुभकामना एवं चियापान कार्यक्रममा ५० हजारभन्दा बढीलाई निम्तो गरिएको छ ।

महासचिव नेत्रविक्रम चन्द विप्लवदेखि छुट्टै मधेस देश निर्माणको आन्दोलन गरिरहेका स्वतन्त्र मधेस गठबन्धनका नेता सीके राउतलाई निम्तो गरिएको नेकपा स्थायी कमिटीका सदस्य देवेन्द्र पौडेलले बताए ।

दशे टुक्काउछु भन्नेलाई निम्ता गरिए पनि नागरिकको हैसियतमा रहेका पूर्वराजा ज्ञानेन्द्र शाहलाई निम्ता नदिनु दुखद रहेका नेकपाका नेता बताउछन्।

Loading...
प्रकाशित मिति ८ कार्तिक २०७५, बिहीबार ०३:३४