६ हजार युवतीको बिवाह प्रस्ताव अस्विकार गर्ने स्टार “प्रभास”को अाज जन्मदिन

भारतिय स्टार अर्थात‘बाहुबली’ सुपरस्टार प्रभास अाज ३९औं जन्मदिन मनाइरहेका छन् । उनी ‘बाहुबली’ पछि अरु कुनै फिल्ममा देखिएका छैनन् । उनी छिट्टै अभिनेत्री श्रद्धा कपूरसँग फिल्म ‘साहो’ मा देखिनेछन् ।

प्रभास एक पटक एउटा मात्रै फिल्ममा काम गर्नेे र उनको हरेक फिल्मको शुटिङ्ग करिब ६०० दिनसम्म चल्ने गर्छ । उनी अभिनित फिल्म ‘बाहुबली’ ले १५०० करोडको व्यापार गरेको थियो ।

यो फिल्ममा काम गरिरहँदा प्रभासलाई अन्य कैयौं ठूला प्रोजेक्टका फिल्ममा काम गर्ने अवसरहरु आएका थिए तर उनले ‘बाहुबली’ कै लागि अन्य सबै फिल्मको प्रस्ताव अस्विकार गरिदिएका थिए र यो फिल्मको शुटिङ्ग ५ वर्षसम्म चलेको थियो ।

प्रभासले तेलुगु फिल्म ‘ईश्वर’ बाट फिल्मी जगतमा डेब्यू गरेका थिए । त्यसपछि उनले ‘राघवेद, वर्षम, योगी, एक निरन्जन, रिवेल, बाहुबलीः द बिगनिङर बाहुबलीः द कन्क्लुजन जस्ता फिल्ममा अभिनय गरिसकेका छन् ।

बलिउडका स्थापित निर्देशक सञ्जयलला भन्साली प्रभासको फिल्म ‘बाहुबली’ मा उनको अभिनय देखेर यति प्रभावित भएका थिए कि उनले फिल्म ‘पद्मावत’ मा राजा रतन सिंहको भूमिकाको लागि प्रस्ताव राखेका थिए तर भन्सालीको प्रस्ताव अस्विकार गरिदिएका थिए ।

एक अर्को रोचक कुरा के छ भने प्रभासले फिल्म ‘बाहुबली’ को छायाँकनको पाँच वर्षको अवधिमा करीव ६००० युवतीका विवाहका प्रस्तावहरु अस्विकार गरिदिएका थिए ।

निर्माताहरुले प्रभासलाई फिल्म ‘बाहुबली’ का लागि मात्रै डेढ करोड रुपैयाँ जिमको सामग्रीका लागिे गिफ्ट गरेका थिए ।

‘बाहुबली’का लागि उनलाई २५ करोड रुपैयाँ पारिश्रमिक दिइएको थियो । अहिले उनी एउटा फिल्मको ३० करोड रुपैयाँ पारिश्रमिक लिन्छन् ।

Loading...
प्रकाशित मिति ८ कार्तिक २०७५, बिहीबार ०३:४७