मन्त्री रविन्द्र अधिकारीले नियम बिपरित अाफ्ना कार्यकर्ता अमेरिका पठाउन खोज्दा लफडा

संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्री रवीन्द्र अधिकारीले आफ्ना स्वकीय सचिवालयका सदस्यलाई विदेश भ्रमणमा पठाउन खोजेकोमा प्रधानमन्त्री कार्यालयले चासो राखेको छ ।

प्रधानमन्त्री कार्यालयबाट जारी भएको भ्रमण निर्देशिका अनुसार सरकारी कोषबाट स्वकीय सचिवालयले विदेश भ्रमण गर्न पाउँदैनन् ।

रातो पार्सपोर्ट बेच्ने, महत्वपूर्ण देशमा गएपछि उतै लुक्ने समस्या बढेपछि स्वकीय सचिवालयका सदस्यहरुलाई त्यस्तो भ्रमणमा रोक लगाइएको थियो । तर, पर्यटन तथा नागरिक उड्यन मन्त्री रवीन्द्र अधिकारीका स्वकीय सचिव राजेन् आचार्य र मन्त्रालयका दुई उपसचिव अमेरिकास्थित मदरल्याण्ड नामक एक गैरसरकारी संस्थाको कार्यक्रममा भाग लिन अमेरिका जान लागेका हुन् ।

यस्तै आगामी नोभेम्बरमा जर्मनीमा हुने विश्व पर्यटन सम्मेलनमा नेपालको प्रतिनिधित्व गरेर टोलीमा पनि मन्त्री अधिकारीको स्वकीय सचिवालयका कम्प्युटर अपरेटरलाई समेटिएको छ । उक्त भ्रमणको खर्च नेपाल पर्यटन बोर्डले व्यहोर्ने छ ।

मन्त्री अधिकारीले राज्यकोषको खर्चबाट स्वकीय सचिवालयका सदस्यलाई विदेश भ्रमण गराउन थालेको भन्दै मन्त्रिपरिषदको कार्यालयमा उजुरी परेको स्रोतले बतायो ।

Loading...
प्रकाशित मिति ८ कार्तिक २०७५, बिहीबार १०:५५