चर्चित रेसलर ‘रोमन रेन्स’लाई गम्भीर रोग : करोडौं फ्यानलाई रुवाउँदै डब्लुडब्लुईमा नखेल्ने घोषणा (भिडियो)

करोडौको मन जित्न सफल चर्चित रेस्लर डब्लुडब्लुइ युनिभर्सल च्याम्पियन रोमन रेन्सलाई ल्युकिमिया भएको छ । जसको कारण उनले डब्लुडब्लुईको रिङ केही समयको लागि छाड्ने भएका हुन् ।

रोमन रेन्सले ल्युकिमिया जस्ता गम्भीर रोगको शिकार भएर पनि कराडौैंलाई मनोरञ्जन दिँदै आएका थिए ।डब्लुडब्लुइको ‘मण्डे नाइट र’मा उनले आफूलाई ल्युकिमिया भएको र उपचार गर्नको लागि रिङ छाडेको बताएका हुन् ।

रोमन रेन्सले बताए अनुसार, ११ वर्षको उमेरमा उनि यो रोगको शिकार बनेका थिए । उपचारपछि यो रोगबाट छुटकरा पाउँदै आएका रोमन रेन्सलाई पुनः यो रोगले च्यापेको हो ।मनले रिङ छोड्दै गर्दा आफ्नो साथमा भएको डब्लुडब्लुई युनिभर्सल च्याम्पियनशिप पनि फिर्ता गरेका छन् ।

उनको यो फैसलाले वल्र्ड रेसलिङ इन्टरटेन्मेन्टमा सबैलाई स्तब्ध पारेको छ । रोमनको यस्तो समस्याले उनको फ्यानहरु निकै दुखी भएका छन् । नेपालमा पनि रेस्लर रोमनको लाखौं फ्यान रहेका छन् ।

भिडियो :

Loading...
प्रकाशित मिति ८ कार्तिक २०७५, बिहीबार १२:४६