हेर्नुहोस् ! यति राम्री ‘गर्लफ्रेन्ड’ लिएर आइपुगे ‘नरेश पातली’

एपी वन टेलिभिजनको रियालिटी शो ‘नेपाल आइडल’ मा बेसुरको गित गाएर चर्चामा आएका नरेश पातली फेरि चर्चामा अाएका छन् । यो पटक उनले नयाँ गीत सार्वजनिक गरेर चर्चामा अाएका हुन् ।

‘नेपाल आइडल’ को सिजन टु मा धनगढी अडिसनबाट चर्चामा आएका बझाङका पातलीले ‘आइ ह्याभ अ गर्लफ्रेन्ड’ बोलको गीत ल्याएका हुन्। उक्त गीतको म्युजिक भिडियोमा पातली आफूले पनि अभिनय गरेका छन्।

पातलीसँगै बादल घिमिरे, जशोदा कार्की र सिवानी कार्कीले पनि म्युजिक भिडियोमा अभिनय गरेका छन्। प्रिज्म स्टुडियोले बजारमा ल्याएको गीतका एरेन्जर कृष्ण विक हुन्।

त्यस्तै गतबर्ष नेपालगन्ज अडिसनबाट चर्चामा आएका झक्कड थापाले पनि ‘भेरी सेती कर्णालीको पानी’ बोलको गीत बजारमा ल्याइसकेका छन।

Loading...
प्रकाशित मिति ८ कार्तिक २०७५, बिहीबार १३:३०