१७ लाखमा किनेको ‘कालो घोडा एक्कासी सेतो’ भएपछि मालिकको होस उड्यो

एउटा यस्तो घटना भएको छ जहाँ खरिद गरेको कोलो घोडा सेतो रङमा बदलिएको छ । यो घटनाभारतको पन्जाबस्थित फरिदको हो ।

मोटो रकम तिरेर किनेको कालो घोडा अचानक सेतो भएपछि खरिद गर्ने व्यक्ति त तनावमा छन्। समाचारमा बताइए अनुसार पंजाबको फरिदकोटका एक घोडा व्यापारीले सेतो रङको घोडालाई कालो रङ लगाएर बिक्री गरेकाले यस्तो भएको हो ।

व्यापारीले कालो घोडालाई मारवाडी जातिको भन्दै फरिदकोट निवासी करनवीर इन्द्रसिंहलाई साढे १७ लाखमा बिक्री गरेका थिए। सुरुमा करनवीर घोडाको रङ सेतो हुन थालेपछि घोडा बिरामी भएको हो कि भन्दै चिन्तामा परे। उपचारको प्रकियामा रहेका करनवीर केही दिनमै कालो घोडा सेतो देखिदै गएपछि आश्चर्यमा परे।

घटनाबारे घोडा व्यापारी मेवा सिंह र उनका साथीसँग जानकारी गराउन खोज्दा उनीहरुले कुनै प्रतिक्रिया नै नदिएको करनवीरले आजतकलाई बताएका छन्। त्यसपछि मात्र उनले आफू ठगिएको पत्तो पाए।

त्यसपछि करनवीरले घटनाबारे प्रहरीमा उजुरी दिए। प्रहरीले घटनामा संलग्न भएको भन्दै आठजनाविरुद्ध मुद्दा दर्ता गरेको छ। करनवीरका अनुसार सिंहले घोडा राजस्थानमा सबैभन्दा राम्रो र मारवाडी जातिको भन्दै बिक्री गरेका थिए। सुरुमा २४ लाख मुल्य बताएका सिंहले पछि साढे १७ लाखमा बिक्री गरेका थिए।

आठजना विरुद्ध ठगी गरेको आरोपमा मुद्दा दर्ता भएको जानकारी गराएका छन्। उनीहरुको खोजी भइरहेको बताइएको छ। एजेन्सी

Loading...
प्रकाशित मिति ९ कार्तिक २०७५, शुक्रबार ०३:५७