जवर्जस्त कोठा-कोठा पसेर धर्म प्रचार गर्दै ‘क्रिश्चियन’

गोरखा सदरमुकाममा क्रिस्चियन धर्मावलम्बी धर्म प्रचारमा निकै नै सक्रिय देखिएका छन् । उनिहरु जवर्जस्त गोरखा बजारका घर-घर एवं कोठा-कोठा गएर धर्म प्रचार गर्ने गरेका छन् ।

हरमटारी टोलका स्थानीयले भने,बिहान झिसमिसेमै तीन जनाको टोली हामी आउन सक्छौं ? भन्दै कोठाभित्र आए”एक जना माराको नाम गरेका जापानी नागरिक रहेछन् । एकजना मसेल रावलडाँडाकी देविका रावल रहिछन् । अर्कोको नाम बिर्सिएँ ।’

उनीहरु कोठामा आएर एक घण्टासम्म क्रिस्चियन धर्मको बयान गरी यस धर्ममा आउनु भनेर फकाउँदै जवर्जस्त बाइबल दिएर गएको उनले बताए ।

भूकम्पपछि गोरखामा क्रिस्चियन धर्म प्रचारले तीव्रता पाएको छ । विशेष गरी विपन्न बस्तीमा बढी धर्म प्रचार हुने गरेको पाइएको छ ।

प्रमुख जिल्ला अधिकारी नारायण भट्टराईले भने, ‘धर्मप्रचार गरेको बारे सूचना संकलन गरिरहेको छु, त्यस्ता समूह भेटिए कानुनअनुसार कारबाही हुन्छ ।’

मान्दै आएको धर्म मान्न पाउने, भजनकिर्तन गर्न पाउने व्यवस्थालाई संविधानले सुनिश्चित गरे पनि धर्म प्रचार गर्न नपाइने संवैधानिक व्यवस्था छ । अाजको अन्नपुर्णपोष्टमा समाचार छ ।

Loading...
प्रकाशित मिति ९ कार्तिक २०७५, शुक्रबार ०८:२८