यस्तो छ पोखरामा चिनियाँ जोडीको ‘रोमान्टिक हनिमुन’

छिमेकी देश चिन त्यहाँका युगल जोडीको ‘हनिमुन गन्तव्य’ बन्न थालेको छ, नेपाल। बिहेपछि धेरै चिनियाँ जोडी काठमाडौँ, पोखरा, चितवन, लुम्बिनीलगायत ठाउँ घुम्न आउने गरेका छन्।

‘नेपालका प्राकृतिक र सांस्कृतिक महत्वका शहर चिनियाँ पर्यटकका घुमघाम गन्तव्य बन्न थालेका छन्, ‘यहाँका प्रख्यात प्राकृतिक, सांस्कृतिक, धार्मिक क्षेत्रमा पुगेर तस्बिर खिचाउन चिनियाँ युवायुवती नेपाल आउने गर्छन्।’

पोखराको फेवाताल, केदारेश्वर मन्दिर, विन्ध्यवासिनी मन्दिर, विश्वशान्ति स्तूप, सराङ्कोटलगायत ठाउँ पोखरा घुम्न आउने चिनियाँ जोडीका आकर्षक घुमघाम गन्तव्य हुन्।

त्यस्तै काठमाडौंको भक्तपुर, वसन्तपुर, पाटनलगायत ठाउँमा चिनियाँ युवायुवतीले फोटो खिच्न मन पराउछन्।

लुम्बिनी र चितवन पनि उत्तिकै संख्यामा चिनियाँ युवायुवती पुग्ने गरेका छन्।

हनिमुनका लागि नेपाल आउने चिनियाँ जोडीले व्यावसायिक फोटोग्राफर नै खोज्ने गरेको फोटो पत्रकार राम गुरुङ बताउँछन्। ‘चिनियाँ पर्यटकले फोटोग्राफरलाई राम्रो पारिश्रमिक दिने गरेका छन्,’ उनी भन्छन्। अग्ला हिमाल, हरिया वन, पुराना शैलीका मन्दिर, गुम्बाप्रति चिनियाँ पर्यटक निकै आकर्षित हुने राम बताउँछन्।

हनिमुनकै लागि चीनको सांघाईबाट पोखरा आएका हुन्, म्याक्स सी। बिहेपछि श्रीमतीसँग फोटो खिचाउन नेपाल आएको उनी सुनाउँछन्। ‘यहाँको प्राकृतिक सुन्दरताले मन छुन्छ,’ म्याक्स भन्छन्, ‘त्यसैले हनिमुनका लागि नेपाल रोजेका हौँ।’

पोखरामा हुने प्याराग्लाइडिङ, अल्ट्रालाइट, बन्जी जम्पलगायत साहसिक खेलका कारण पनि चिनियाँ पर्यटक आकर्षित भएका हुन्,’ उनी भन्छन्।

Loading...
प्रकाशित मिति ९ कार्तिक २०७५, शुक्रबार ११:४४