हेर्नुहोस् बामदेव गौतमको सनसनीपुर्ण गोप्य भिडिय‍ो: भर्खरै बाहिरयो….

नेकपाको बिहीबार बसेको बैठकमा पार्टीभित्रको विवादका विषयमा मात्रै नभई दसैँको दिन राष्टपतिले लगाइदिएको टीकाको विषयले समेत छलफल भयो ।

बैठकमा सचिवालय सदस्य वामदेव गौतमले राष्टपतिले लगाइदिएको दसैँको टीकाको विषय उप्काउदै भने – सबैले उठीउठी टीका लगाउन हुने तर उसले (पूर्व प्रधानन्यायाधीश गोपाल पराजुलीलाई संकेत गर्दै) घुँडा टेकेरै लगाउनु पर्ने ? उनले यसो भन्दा वरिष्ठ नेता माधवकुमार नेपालले हो भन्दै सहमति जनाएको भिडियो नै फिक भएको छ ।

सामाजिक सञ्जालमा राष्ट्रपतिले दसैँको बेला लगाइदिएको टीकाको व्यापक विरोध भइरँदा समेत सार्वजनिक रुपमा बचाउ गर्दै आएका नेकपाका नेताहरुले भने गोप्य रुपमा चल्ने सचिवालय बैठकमा यस विषयमा छलफल गरेको भिडियो सार्वजनिक भएसँगै यो बिषय झनै चर्चामा छ ।

सामाजिक सञ्जालमा राष्ट्रपतिले यसबारेमा नै सार्वजनिक धारणा व्यक्त गर्नुपर्ने माग उठिरहेको छ । तर नेकपाले दसैँको टीकाका विषयमा राष्ट्रपतिलाई विवादमा ल्याउन नहुने जनाउँदै आएको थियो ।

बाहिरिएको भिडियोमा राष्ट्रपतिले लगाइदिएको टीकाका बारेमा धेरै कुरा गरिएता पनि अन्य कुराहरु भने बुझिएको छैन ।

बैठकमा पार्टीका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालले समेत वामदेव गौतमको कुरामा टाउको हल्लाएर सहमति जनाएको देख्न सकिन्छ । उज्यालोमा समाचार  छ।

भिडियो :

Loading...
प्रकाशित मिति ९ कार्तिक २०७५, शुक्रबार १२:१७