पार्टि र नेताका अन्धभक्तहरुले पढनैपर्ने कथा (सक्दो शेयर गरौ)

एकादेशमा एउटा राजा थियो, जसको हरेक निर्णय प्रजाहरूले चुपचाप स्वीकार गर्दथे । धेरै मान्छेहरूले कोसिस गरे कि त्यहाँका जनताहरू जागरुक होऊन्…

यदि कुनै गलत काम भइरहेको छभने त्यसको विरोध गरून्, आपत्ति गरून्; तर त्यहाँका जनताहरूलाई केही फरक पर्दैन थ्यो । कसैले पनि राजाको निर्णयको विरोधमा बोल्ने साहस गर्दैन थिए ।

राजाले तेलको मूल्य बढाइदियो, प्रजाहरू चुप लागे । हरेक कुरामा दोब्बर ट्याक्स लगाइदियो तर पनि प्रजा चुपै लागे । राजाले मनोमानी गर्न थाल्यो, फेरि पनि प्रजा चुपै लागे ।

एकदिन राजाको दिमागमा खुराफाती आइडिया आएछ, उसले राम्रो चौडा सडक भत्काएर पुल बनायो, जब कि त्यहाँ पुलको कुनै आवश्यकता नै थिएन । प्रजा फेरि चुपै लागे, कसैले आवाज उठाएनन्…

यहाँ पुल आवश्यक छैन भनेर कसैले बोल्न सकेनन् । राजाले पुलमा सैनिकहरू राखिदियो र पुलबाट आवतजावत गर्नेहरूबाट पैसा वसुल गर्न थाल्यो, तर पनि कसैले विरोध गरेनन् ।

फेरि राजाले आफ्ना सैनिकहरूलाई हुकुम दियो कि “पुलबाट आउने जानेहरूलाई पालैपालो ‘चारचार लात्ती’ पनि हिर्काउनू !! र कसैलाई कुनै आपत्ति भए केही लेखेर पुलको छेउमा रहेको ‘कमेन्ट बक्स’मा हाल्दिनू भन्नू !” भनेर सम्झायो । तर प्रजा फेरि मौन थिए ।

राजाले दिनदिनै ‘कमेन्ट बक्स’ खोलेर हेर्थ्यो… सायद कसैले विरोध पो गर्या छन् कि भनेर तर त्यहाँ कुनै चिठ्ठी हुँदैन थ्यो, सधैँ खाली हुन्थ्यो ।

केही दिनपछि ‘कमेन्ट बक्स’मा राजाले अचानक एउटा चिठी भेट्टायो । राजा खुसी भयो, कम्तिमा एउटा मान्छेले त विरोध गर्ने हिम्मत देखायो । राजाले चिठ्ठी खोलेर पढ्यो, त्यसमा लेखिएको थियो –

“सरकार ! लात्तीले हिर्काउने सैनिकहरूको संख्या बढाउनु पर्यो । लात्ती खान पनि लामो लाइन बस्नु पर्छ त्यसैले हामीलाई घर आउन जान ढिला हुन थालेको छ ।”

फेसबुकमा पनि आजकल यस्तै खालका लण्डभक्तहरूको बिगबिगी बढेको छ । आफ्ना पार्टीका नेतालाई उनीहरू भगवान मान्छन् । उनीहरूको दिमागमा अन्धभक्तले यति साह्रो जरा गाडेको छ कि… आफ्नो नेता र पार्टीको विरोध गर्नेहरूलाई उनीहरू दलाल र देशद्रोही ठान्छन् ।

आफ्ना नेताले जतिसुकै जनताको हीत विपरित काम गरे नि यस्ता भक्तहरू चुपचाप बस्छन्, तर विरोध गर्दैनन् । यिनीहरूले कथंकदाचित् आफ्ना नेताको विरोध गरिहाले भने पनि “चार लात्ती” खान ढिला भएको त्यो प्रजाजस्तै गर्छन् । वास्तवमा यही हो लम्पसारवाद…!!
– मुला नसिरुद्दिन

Loading...
प्रकाशित मिति ९ कार्तिक २०७५, शुक्रबार १४:१९