किन झार्दैछन् राजेश हमाल ‘गोहीका अाँसु’

राजेश हमालले गर्ने बेला मन परी, अहिले भने सरी भनेझैँ अवस्था गर्दैछन् । जीवनभर बेतुकका स्क्रिप्टमा उद्योगको दुहाई दिँदै काम गरे।

आजभोलि खास गतिलो भूमिकामा अफर पाउने छाडे, त्यसपछि बिस्तारै उनलाई आफूले गरेका फिल्म राम्रा लाग्न छाडेका छन्।

यसको शिकार बनेका छन्, हमाल अभिनीत पछिल्ला दुई रिलिज ‘बागमती’ र ‘शकुन्तला’। हमालले अाजकल मिडियासँग कुराकानी गर्दा, यिनै दुई फिल्मका नाम लिने गरेका छन्।

उनले मुश्किलले दुइटा झुर फिल्मको नाम लिन सके। तर, उनीसँग गर्व गरेर नाम लिन सक्ने फिल्म भने दुइटा पनि छैनन् कि सायद ! आफ्नो सारा सफलताको दोष दुइटा फिल्ममा उतार्नुको साटो उनले एकचोटि आफूले गरेका फिल्मतिर नजर लाउने हो कि? नत्र गोहीको अाँसु नझार्ने पो होकी

अन्नपूर्ण सम्पूर्ण साप्ताहिकबाट

Loading...
प्रकाशित मिति १० कार्तिक २०७५, शनिबार ०१:११