पत्रकारसंग बोल्दा होश पुर्याएर बोल्नुपर्छ।

एउटा पत्रकारले सिगरेट पिउँदै रहेछ। यत्तिकैमा एउटी नर्स आएर सोधीन्- ‘सर तपाई कति वर्षदेखि सिगरेट पिउँदै हुनुहुन्छ?’

पत्रकार – यस्तै पन्ध्र वर्ष देखि।
नर्स- पन्ध्र वर्ष देखि सिगरेट पिउने पैसा बचाएको भए उ त्यहाँ भएको कार तपाईंको हुन्थ्यो।

पत्रकार – बैनी, तपाई सिगरेट पिउनुहुन्छ?
नर्स- अंह पिउँदिन।
पत्रकार – तपाईंको कार छ त?
नर्स- अंह छैन।

पत्रकार – धेरै ज्ञान बाँडदै नहिडँ नानी, त्यो कार मेरै हो।
नर्स लाजले भुतुक्क हुँदै त्यहाँबाट हिँडी।

पत्रकार पनि सिगरेट तानी सकेर नगर बस चढेर घरतिर लाग्यो।
त्यसैले पत्रकारसंग बोल्दा सधै होश पुर्याएर बोल्नुपर्छ।
लेखक: अज्ञात

Loading...
प्रकाशित मिति १० कार्तिक २०७५, शनिबार ०७:५७