दिपिकालाई मन पराउने फ्यानहरुलाई झट्का : सुटुक्क गरिन् बिहे

चलचित्र ‘ऐश्वर्य’की नायिका दीपिका प्रसाई र सोही चलचित्रका निर्देशक दिवाकर भट्टराईविच इन्गेजमेन्ट भएको छ । उनीहरुले दशैंको टिकाको केही दिनपछि इन्गेजमेन्ट गरेका हुन् ।

फेसबुकमा दुइले एकसाथ तस्बिर राख्दै सधैका लागि एक भएको उल्लेख गरेका छन् ।

दीपिकाले भनिन्-‘हो, हामीले इन्गेजमेन्ट गरेका छौ । उहाँको परिवार र मेरो परिवारको उपस्थितीमा हामीले इन्गेजमेन्ट गरेका हौ । हामीले चलचित्र ‘ऐश्वर्य’ निर्माण लगतै कोर्ट म्यारिज पनि गरेका थियौ ।’

उनीहरु मंसिर महिना लगतै बिहे गर्ने तयारीमा पनि छन् ।

दीपिकाले चलचित्र ‘छक्का पन्जा ३’मा काम गरेकी छिन् भने दिवाकरले निर्देशन गरेको ‘क्याप्टेन’ चलचित्र रिलिजको तयारीमा छ ।

Loading...
प्रकाशित मिति १० कार्तिक २०७५, शनिबार ११:१९