बिदाका लागि प्रम ओलीसित हात जोड्नु पर्दैन, अब म दिन्छु बिदा : मुख्यमन्त्री राउत

प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले संघीय सरकारले कटौती गरेको बिदा प्रदेश सरकारले दिने घोषण गरिसकेको बताए  ।

अब बिदाका लागि प्रधानमन्त्री केपी शर्मा ओलीसित हात जोड्नु पर्दैन,’ उनले भने, ‘प्रदेश सरकारले बिदाको घोषणा गरिसकेको छ । चिन्ता लिनु पर्दैन ।’

रौतहटको गौरस्थित राइस मिल मैदानमा बिहीबार मुस्लिम समुदायको संगठन जमाएउल अतद्वारा आयोजित अल नेपाल शैक्षिक जागरण सम्मेलनलाई सम्बोधन गर्दै मुख्यमन्त्री राउतले संघीय सरकारले मुस्लिम समुदायको इद र बकरिदको बिदा कटौती गरेकामा आक्रोश व्यक्त गरेका हुन् ।

सरकारले मुस्लिम समुदायको इद र बकरिदको बिदा कटौती गरेपछि विरोध भएको थियो।

पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका मुसलमान सम्मेलनमा भाग लिन आएका थिए । सम्मेलन एक दिनको थियो । मुख्यमन्त्री राउतले शिक्षाप्रति संवेदनशील, शिक्षाको स्तर कसरी अगाडि बढाउने भन्ने विषयमा सबैले सोच्नुपर्ने बेला आएको बताएका थिए ।

Loading...
प्रकाशित मिति ११ कार्तिक २०७५, आईतवार ०४:२२