यिनै हुन् युएईमा रक्सी पिएर नेपाली युवतीको हत्या गर्ने सोनी तामाङ, अब मृत्युदण्ड

ग्याङ फाईट हुँदा युएईमा एक जना नेपाली महिलाको ज्यान गएको छ । अरु तीन जना घाइते भएका छन् । नुवाकोटकी सोनी तामाङले चक्कु चलाउँदा काठमाडौंकी सिर्जना बरालको ज्यान गएको हो ।

ममता चौधरी, सलिना मगर र आशा दर्जी घाइते भएका हुन् । ‘बिदाको नाममा मदिरा सेवन गरेर सविता तामाङ एक्लैले तीन जना साथीलाई चक्कु प्रहार गरेको कम्पनीले जानकारी दिएको छ।

गम्भीर घाइते भएकी ममता चौधरीको आइसियुमा उपचार भइरहेको छ। सामान्य घाइते भएका आशा दर्जी र सलिना मगर क्याम्पमा फर्केका छन्। बरालको उपचारको क्रममा शनिबार राति मृत्यु भएको हो।

युएईको कानुन अनुसार चक्कनु चलाउने सोनी तामाङलाई हत्याको अभियोगमा जेल चलान हुन्छ । अदालतमा मुद्धा दाएर भएपछि मृतकको परिवारले खुनको वदला खुन नै मागे मत्युदण्डको सजाय हुन्छ । मृतकको परिवारले ब्लडमनी मागे ब्लडमनी नै तिर्नपर्ने हुन्छ भने आममाफी दिए माफी हुन्छ ।

यसअघि अन्जानमा दुर्घटनावश अरुको मृत्यु भएको घटनामा देश विदेशका नेपालीले ब्लडमनि संकलन गरेर धेरै नेपालीलाई जेलमुक्त गराएका छन् । तर यो घटना फरक प्रकृतिको भएकाले परिवारले ब्लड मनि माग गरे पनि नेपाली समुदायले सविनालाई सहयोग गर्ने सम्भावना देखिदैन् ।

Loading...
प्रकाशित मिति ११ कार्तिक २०७५, आईतवार १५:३२