रियल मड्रिडको पोष्टमा बार्सिलोनाको ५ गोल : नेपालमा रुवाबासी

लुइस स्वरेजको ह्याट्रिकसँगै बार्सिलोनाले चिरप्रतिद्वन्द्वी रियल मड्रिडमाथि शानदार जित हात पारेको छ । सोमबार राति भएको एल क्लासिकोमा बार्सिलोना ५–१ गोल अन्तरले विजयी प्राप्त गरेको हो ।

यो खेलपछि सामाजिक सञ्जालमा रियल मड्रिडका फ्यानहरुको रुवाबासी नै चलेको छ भने उता बार्सीलोनाका फ्यानहरु चाहिँ अनेक ब्यंग्य गर्दै खुसी मनाएका छन् ।

एल क्लासिकोमा २००७ पछि पहिलो पटक रोनाल्डो र मेस्सी दुवै थिएनन् । रोनाल्डो रियल छाडेर युभेन्टस पुगेका छन् भने मेस्सी घाइते भएका छन् ।

दुबै स्टार खेलाडी नभएको खेलमा बार्सिलोना निकै हावी भएको थियो । उसले ११ औं मिनेटमा काउटिन्होको गोलबाट अग्रता लिएको थियो ३० औं मिनेटमा भीएआरको मदतमा बार्सिलोनाले पेनाल्टी पायो, जसमा स्वरेजले गोल गरे ।

दोस्रो हाफको सुरुमा नै मार्सेलोले गोल गर्दै रियल मड्रिडलाई खेलमा फर्काउने संकेत दिए । उसका लुका मोडरिकको प्रहार बारमा लागेर फर्किएको थियो तर, ७५ औं मिनेटमा स्वरेजले दोस्रो गोल गरेपछि रियलको सम्भावना सकियो ।

स्वरेजले ८३ औं मिनेटमा ह्याट्रिक पुरा गरे भने निर्धारित समयको खेल सकिन तीन मिनेट बाँकी छँदा डेम्बेलेको पासमा भिडालले गोल गर्दै बार्सिलोनालाई ५–१ को फराकिलो जित दिलाए ।

जितसँगै बार्सिलोना १० खेलबाट २१ अंकका साथ शीर्ष स्थानमा छ भने रियल मड्रिड १४ अंकसहित नवौं स्थानमा छ ।

Loading...
प्रकाशित मिति ११ कार्तिक २०७५, आईतवार १८:११