भुकम्पपीडितले बैकबाट सस्तो ब्याजमा ऋण लिन यी कागजात चाहिन्छ

सरकारले भूकसरकारलाई बैंक तथा वित्तीय संस्थाबाट ऋण लिएर घर बनाउन पाउने ब्यवस्था गरेको छ। सरकारले सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदानसम्बन्धी एकीकृत कार्यविधि २०७५ ल्याएसँगै ३ लाखसम्म ऋण लिएर निजी घर बनाउन पाइने भएको हो।

सहुलियतपूर्ण कर्जा पाउने उक्त कार्यविधि स्वीकृत भइ जारी भइसकेको छ। भूकम्पपीडितले छ किसिमका कागजात पेश गरेपछि २१ दिनपछि ऋण पाउँछन्।

ऋण लिनका लागि भूकम्पपीडितले बैंक तथा वित्तीय संस्थामा कर्जा आवेदन फारम भर्नुपर्छ भने साथमा नागरिकताको फोटोकपी, कर्जा सूचना केन्द्रको कालोसूचीमा नपरेको स्व:घोषणा, अनुदान सम्झौतापत्रको सम्बन्धित स्थानीय तहको प्रशासकीय अधिकृतबाट प्रमाणित प्रतिलिपी चाहिन्छ ।

साथै, दोस्रो किस्ताका लागि निवेदन नदिएको वडा सचिव र प्रशासकीय अधिकृतबाट प्रमाणित गरिएको सिफारिस पत्र, धितोका लागि लालपूर्जा पेश गर्नुपर्ने राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले सुचना मार्फत जनाएको छ।

Loading...
प्रकाशित मिति ११ कार्तिक २०७५, आईतवार २०:१६