चर्चित रेसलर ‘रोमन रेन्स’लाई ब्लड क्यान्सर : रुदैँ रिङ छोडे

डब्लुडब्लुईको स्टार रोमन रेन्सले रिङ छोडेका छन् । डब्लुडब्लुइ युनिभर्सल च्याम्पियन रोमन रेन्सलाई ल्युकिमिया भएको छ । डब्लुडब्लुइको ‘मण्डे नाइट र’मा उनले आफूलाई ल्युकिमिया भएको र उपचार गर्नको लागि रिङ छाडेको बताएका हुन् ।

रोमन रेन्स लामो समयदेखि ल्युकिमिया जस्ता गम्भीर रोगको शिकार भएका थिए। ल्युकिमिया एक प्रकारको ब्लड क्यान्सर हो । यो ब्लड सेल्स बढ्ने रोग हो । ल्युकिमिया भएपछि ह्वाइट ब्लड सेल्सको डीएनएमा समस्या उत्पन्न हुन्छ ।

उनले बताए अनुसार, ११ वर्षको उमेरमा उनि यो रोगको शिकार बनेका थिए । उपचारपछि यो रोगबाट छुटकरा पाउँदै आएका रोमन रेन्सलाई पुनः यो रोगले च्यापेको हो ।

रोमनले रिङ छोड्दै गर्दा आफ्नो साथमा भएको डब्लुडब्लुई युनिभर्सल च्याम्पियनशिप पनि फिर्ता गरेका छन् । उनको यो समस्यासँगै उनका फ्यानहरु निकै दुखी भएका छन् । नेपालमा पनि रेस्लर रोमनको लाखौं फ्यान छन् । उनिहरुले सामाजिक सञ्जालमार्फत स्वास्थ्यलाभको कामना गरिरहेका छन् ।

Loading...
प्रकाशित मिति ११ कार्तिक २०७५, आईतवार २०:२९