भरतमा पोर्न स्टार सन्नीको पोष्टर जलाईयो : उनलाई देवीको भूमिका नसुहाएको भन्दै प्रदर्शन

चर्चित पोर्न स्टार तथा नायिका सनी लियोनीको अपकमीङ फिल्म ‘विरमादेवी’लाई लिएर भारतको कर्नाटकमा ब्यापक बिरोध शुरु भएको छ । कर्नाटकको एक संगठनले फिल्म रिलिज अगाडि आफ्नो माग पुरा नगरे आफुहरु प्रदर्शनमा उत्रने धम्की समेत दिएका छन् ।

संगठनको अनुसार ऐतिहाँसिक र बहुभाषी फिल्म ‘वीरमादेवी’ को भूमिकामा अश्लिल चलचित्रमा काम गरेकी नायिकालाई नसुहाउने भन्दै बिरोध गरेका हुन् । कन्नड रक्षणा का अध्यक्ष हरीशले बताए अनुसार सनी लियोनीलाई अन्य भूमिकामा प्रस्तुत गर्दा कुनै आपत्ति नभएको तर वीरमादेवीको भूमिकामा उनलाई कुनै हालतमा नसुहाउने भन्दै विरोध जनाएका हुन् ।

संगठनले पोर्न स्टारको रुपमा चर्चित नायिकाले धार्मीक आस्थाको धरोहर रहेकी ब्यक्तीत्वको भूमिका निभाउँदा त्यस समुदायको भावनामा चोट पुग्ने बताएका छन् ।

Loading...
प्रकाशित मिति १२ कार्तिक २०७५, सोमबार १०:२७