६८ वर्षपछि कोरियाली युद्ध अन्त्यको घोषणा : चारैतिर खुशियाली

उत्तर र दक्षिण कोरियाबीच यसै वर्षको अन्त्यसम्ममा कोरिया युद्धको विधिवत समाप्तिको घोषणा गर्न तयारी सुरु भएको दक्षिण कोरियाका सरकारी अधिकारीहरुले बताएका छन् ।

सन् १९५० देखि १९५३ सम्म कोरिया युद्ध भएको थियो । त्यस युद्धपछि एकीकृत कोरिया टुक्रिएर उत्तर र दक्षिण कोरिया बनेका थिए । दुई कोरियाबीच युद्धविराम गरिए पनि औपचारिक रुपमा युद्ध समाप्तिको घोषणा गरिएको थिएन ।

उत्तर र दक्षिण कोरियाबीच गएको वर्ष दिनदेखि सम्बन्धमा नाटकीय परिवर्तन आएको छ । यी दुई देशबीच उच्चस्तरीय राजनीतिक भ्रमण र भेटवार्ताहरु पनि भएका छन् ।

सोमबार दक्षिण कोरियाली राष्ट्रिय एकीकरण मन्त्री चो म्योङ गियोनले यहाँको संसदको बैठकमा दक्षिण कोरियाले कोरियाली युद्धको अन्त्यको घोषणा गर्ने तयारी गरिरहेको सोमबार जानकारी दिएका हुन् । त्यस घोषणाको क्रममा दक्षिण कोरियाले उपलब्धि पनि हासिल गर्ने जानकारी दिएको समाचारमा जनाइएको छ ।

गत अप्रिलमा त्यो युद्ध अन्त्यको घोषणा यसै वर्ष गर्ने विषयमा दुवै देशबीच सहमति भएको थियो ।

गत अप्रिलमा उत्तर कोरियाली नेता किम जोङ उन र दक्षिण कोरियाली राष्ट्रपति मुन जाय-इनबीच भएको भेटवार्ताका क्रममा यस विषयमा सहमति भएको बताइएको छ । एजेन्सी

Loading...
प्रकाशित मिति १२ कार्तिक २०७५, सोमबार १५:३२