कास्कीको गाई फर्ममा अागलागी : हेर्दाहेर्दै १६ गाई खरानी बने

कास्की जिल्लाको मादी गाउँपालिका वडा नं १ सिक्लेसको गाईगोठमा आगलागी हुँदा १६ गाई मरेका छन् भने चार गम्भीर घाइते भएका छन् ।

अागो कसैले लगाएको नभई आइतबार साँझ ७ बजेतिर गाईधनी कृतिमान गुरुङले गाईवस्तुलाई न्यानो बनाउन गोठ नजिकै आगो बालेर गुरुङ गाउँतिर निस्कँदा हावाहुरीले आगो फैली गोठमा आगलागी हुँदा गाई मरेको मादी –१ का अध्यक्ष सुरजकुमार गुरुङले जानकारी दिए ।

गोठमा ३४ गाई थिए । यसअघि काठमाडौंको गोकर्णमा पनि सयभन्दा बढी गाई जलेका थिए । रासस

Loading...
प्रकाशित मिति १२ कार्तिक २०७५, सोमबार १५:४३