१८८ यात्रुसहित खसेको जहाजका पाइलट भारतीय नागरिक : समुन्द्रबाट निकालियो टुक्रा

इन्डोनेसियाको लायन एयरलाइन्सको बोइङ ७३७ जहाज राजधानी जकार्ताबाड उडान भरेलगत्तै समुन्द्रमा दुर्घटनाग्रस्त भएको थियो । जेटी–६१० फ्लाइट नम्बरको त्यो जहाज जकार्ताबाट पंगकल गैरहेको थियो ।

त्यो जहाजका पाइलट भारतीय नागरिक भव्य सुनेजा थिए । दिल्लीको मयुर विहारका सुनेजा सन् २०११ देखि लायन एयरलाइन्समा आबद्ध थिए । उनले सन् २००९ मा बेल एयर इन्टरनेसनलबाट पाइलटको लाइसेन्स लिएका थिए ।

उद्धार कार्यमा खटिरहेका अधिकारीहरुका अनुसार जहाजमा सवार यात्रीहरुको सामानको टुक्राहरु समुन्द्रबाट निकालिएको छ । उनीहरुका अनुसार अझै पनि यात्रुहरुको अवस्था अज्ञात नै रहेको छ । दुर्घटनाको कारण खुलेको छैन ।

अधिकारीहरुका अनुसार जहाजमा १८८ वयष्क, एक नवजात तथा दुई जना बालक थिए । त्यस्तै दुई जना पाइलट र चालक दलका पाँच जना सदस्य थिए ।

लायन एयर इन्डोनेसियाको सबैभन्दा ठूलो एयरलाइन्सका रुपमा रहेको छ । यो एयरलाइन्सको जहाज अष्ट्रेलिया र खाडी मुलुकसम्म पनि उड्ने गर्छन् ।

सन् १९९९ बाट सञ्चालनमा आएको यो एयरलाइन्सको सेफ्टी रेकर्ड चिन्ताजनक नै रहेको छ । सन् २०१३ मा लायन एयरको एउटा जहाज समुन्द्रमा ल्याण्ड गरेको थियो । त्यसमा रहेका १०८ यात्रु नै सकुशल थिए ।

Loading...
प्रकाशित मिति १२ कार्तिक २०७५, सोमबार २०:१४