रोनाल्डो बने इन्सटाग्राममा संसारमै धेरै फलो गरिएका व्यक्ति

पाँच पटकको वर्ष फुटबल खेलाडी क्रिस्टियानो रोनाल्डो सामाजिक सञ्जाल इन्सटाग्राममा सबैभन्दा फलो गरिएका व्यक्ति बनेका छन् ।

युभेन्टसका फरवार्डले अमेरिकी नायिका तथा पप गायिका सेलेना गोमेजलाई पछि पारेका हुन् । सेलेना सन् २०१६ देखि शीर्ष स्थानमा रहेकी थिइन् ।

मनोरञ्जन क्षेत्रका कलाकारहरुको वर्चश्व रहेको इन्सटाग्राममा २६ वर्षीया सेलेनाले दुई वर्षअघि आरियाना ग्रान्डेलाई उछिनेकी थिइन् । तर, अहिले १४.४ करोडभन्दा बढी फलोअरसहित रोनाल्डो शीर्ष स्थानमा उक्लिएका छन् ।

हालैमात्र रोनाल्डो १० करोड युरोमा रियल म्याड्रिडबाट युभेन्टस आइपुगेका छन् । इटालियन लिगका १० खेलमा उनले सात गोल गर्नका साथै चारवटा एसिस्ट गरिसकेका छन् भने युभेले लिगको शीर्ष स्थानमा ६ अंकको अग्रता बनाएको छ ।

शीर्ष १० मा अन्य खेलाडीमा नेयमार १०.४ करोड फलोअर्ससहित दशौँ स्थानमा रहेका छन् ।

Loading...
प्रकाशित मिति १३ कार्तिक २०७५, मंगलवार ०८:४१