छिमेकीको श्रीमतीसँग अवैध सम्बन्ध राखेको भन्दै चारपाटा मुडेर बजार घुमाईयो

छिमेकीको पत्नीसँग अनैतिक यौनसम्बन्ध राखेको आरोपमा महोत्तरीको एकडारा गाउँपालिका—१ का एक युवालाई गाउँलेले मोसो दलेर गाउँ घुमाएका छन् ।

स्थानीय दीलिप मण्डललाई पाँच सयको संख्यामा उपस्थित भएका गाउँलेले कपाल काटी मोसो दलेर जुत्ताचप्पलको माला लगाउँदै गाउँ घुमाएकोो समाचार अन्नपूर्ण पोष्टमा प्रकाशित छ।

एकडारा गाउँपालिका–१ का वडा अध्यक्ष रहेमान रेजा अनसारीका अनुसार उनले छिमेकी महिलासँग अनैतिक सम्बध राखेका थिए । पटक पटक सम्झाउँदा पनि नटेरेपछि समाजिक दण्ड दिइएको उनले बताए ।

घरमा घेरा हाली निकालेर कपाल काट्नुका साथै अनुहारमा चुना र कालो टीका लगाएर गाउँ घुमाइएको थियो ।
हाल महिला गर्भवती रहेकोे बताईएको छ ।

Loading...
प्रकाशित मिति १३ कार्तिक २०७५, मंगलवार २०:१३